
काठमाडौं । भरतपुर महानगरपालिकाको ५६ हजार ७ सय ३५ मतगणना सकिएको छ ।
पछिल्लो परिणामअनुसार गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहालले २१ हजार ४ सय ४६ मतसहित अग्रता लिइरहेकी छन्। एमालेका विजय सुवेदीको १८ हजार २ सय ३३ मत छ ।
सुवेदी रेनुभन्दा ३ हजार २ सय १३ मतले पछाडि परेका छन् । मेयरकै स्वतत्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार १ सय २६ मत पाएका छन् । उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले २२ हजार ८ सय २२ मत प्राप्त गरेर अगाडि छन् ।
राप्रपाका हिमला गुरुङले १४ हजार ४ सय ४४ मत पाएका छन् ।











