झापा । झापाकोे बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेको विजयी भएको छ । यो नगरपालिकामा एमाले उम्मेदवार पवित्रा महतारा विजयी भएका छन् । भने उपमेयरमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् ।

बिर्तामोडको मेयरमा महतारा र उपमेयरमा एमालेका नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरेकी छन् । प्रसाइँले १६ हजार ५ सय २० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाए ।
यस्तै, उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिस्पर्धी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय ३५ मतान्तरले पराजित गरे ।
संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत पाए । महतारा जिल्लामा नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् ।














