Logo
Logo

बिर्तामोड नगरपालिकामा एमाले विजयी


63
Shares

काठमाडौं । बिर्तामोड नगरपालिकाको मेयरमा एमालेका पवित्रादेवी महतारा विजयी भएकी छन् ।

यसअघि उपमेयर रहेकी महताराले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय २० र सिटौलाले १२ हजार ७ सय ६२ मत पाए ।

उपमेयरमा पनि एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद कडरियालाई पराजित गरे ।

संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए । कडरियाले ८ हजार ४ सय ५१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्