Logo
Logo

भरतपुरमा ३२२२ मतान्तरले रेनुको अग्रता


2k
Shares

चितवन । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता बढाएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार रेनुले ३२२२ मतको अग्रता बनाएकी छन् ।

हालसम्म ५६ हजार ८४५ मत गणना हुँदा रेनुले २१ हजार ४९२ मत पाएकी छन् । उनलाई राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका विजय सुवेदीले १८ हजार २७० मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन् । उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले प्रतिस्पर्धी राप्रपाका उम्मेदवारभन्दा ९८३३ मतले अघि छन् ।

हालसम्म अधिकारीले २३८६१ मत पाउँदा एमालेसँग गठबन्धन गरेको राप्रपाका उम्मेदवार हिमला गुरूङले १४०२८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्