Logo
Logo

विराटनगर महानगरः १३ हजार मत गन्न बाँकी, नागेश र शिल्पाको अग्रता कायमै


5.5k
Shares

नागेश कोइराला र शील्पा कार्की

काठमाडौं । पालिका मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले प्रतिस्र्धीसँग मताअन्तर फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कोइरालाले २५ हजार ३ सय १२ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले १८ हजार ८ सय ३५ मत पाएका छन् । नागेश ६ हजार ४ सय ७७ मतले अगाडि छन् । उपमेयर शिल्पा कार्कीको अग्रता पनि फराकिलो छ ।

उनले २२ हजार १४ र जसपाका अमरेन्द्र यादवले १२ हजार ३ सय ६६ मत ल्याएका छन् । विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो । जसमध्ये ७६ हजार मत गणना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्