Logo
Logo

१३ हजार ५७० मतान्तरसहित अगाडि बढ्दै बालेन


3.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ । हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिएको हो । अहिलेसम्म महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार साह २८८८२ मतसहित अग्रता लिएका छन् । उनलाई राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले हालसम्म १५ हजार ३ सय १३ मत पाएका छन् । स्थापित साहभन्दा १३ हजार ५७० मतले पछि परेका छन् ।

यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४७९८ मत पाएकी छन् । उनी दोस्रो स्थानका रहेका स्थापित भन्दा ५१४ मतले पछि परेका छन् । साहभन्दा सिर्जना १४ हजार ८४ मतले पछि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्