हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एकीकृत साजवादीले अग्रता फराकिलो बनाउँदै लगेको छ ।
सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार मीनाकुमारी लामाले दुई हजार ८५३ मतान्तरको अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार मीनाले २१ हजार ३८८ मत प्राप्त गरेका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १८ हजार ५३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा रहेको छ । राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १७ हजार ६८९ मत ल्याएका छन् ।
उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उपमेयर उम्मेदवार राजेश बानियाँले २६ हजार ४४६ मतसहित अग्रता लिएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुमित्रमा काफ्लेले १९ हजार १०२ मत प्राप्त गरेका छन् भने राप्रपाका इन्दीरा न्यौपानेले ४ हजार २१४ मत ल्याएका छन् ।














