महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टीका रामनाथ यादव विजयी भएका छन् । उपाध्यक्षमा पनि जसपाकै अनिताकुमारी निर्वाचित भएकी छन् ।

प्रमुख यादवले ३ हजार ८ सय ९२ मत प्राप्त गरी विजय भएको निर्वाचन कार्यालय सम्सीले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले २ हजार ५ सय ८२ मत प्राप्त गरे ।
उपप्रमुखमा अनिताकुमारीले ३ हजार २ सय ९५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उर्मिलादेवीले २ हजार ६ सय ८२ मत प्राप्त गरेकी छन् ।














