Logo
Logo

म्यादी प्रहरी आन्दोलित, असईले अभद्र व्यवहार गरेको आरोप


7.1k
Shares

बारा । बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले म्यादी प्रहरीमाथि अभद्र गर्ने असईलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्