Logo
Logo

रुपन्देहीको सैनामैनामा कांग्रेस विजयी



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।

गठबन्धनबाट कांग्रेसका प्रमुख पदका उम्मदेवार फणेन्द्रप्रसाद शर्मा विजयी भएका हुन् । उनले एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतले पराजित गरेका छन् ।

शर्माले १५ हजार ६ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । कार्कीले एमालेबाट २०७४ मा प्रमुख पद जितेका थिए ।

उपप्रमुखमा एमालेकी बिना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मानबहादुर महतले १३ हजार ७ सय २० मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्