Logo
Logo

विराटनगर महानगरपालिकामा कांग्रेस विजयी



मोरङ । मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरेका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन् । यसैगरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्