
काठमाडौं । शनिबार बिहानसम्म ६ सय ८३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस पिहलाे स्थानमा देिखएकाे छ । उसले ३ सय ४ पालिका प्रमुख जितेकाे छ ।
अझै १९ स्थानमा कांग्रेस अगाडि छ । नेकपा एमालेले १ सय ८६ र नेकपा माओवादी केन्द्रले १ सय १६ स्थानमा प्रमुख जितेका छन् । एमाले १८ र माओवादी ६ स्थानमा अगाडि छन् ।
यसैगरी जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानको प्रमुख जितेका छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले २७ स्थानमा जितेका छन् ।
यस्तै कांग्रेसले २ सय ७९, एमालेले २ सय १२, माओवादीले १ सय २०, जसपा २५, एकीकृत समाजवादीले २१ पालिकामा उपप्रमुख जितेका छन् ।
लोसपाले ९ र अन्यले १७ पालिकामा उपप्रमुख जितेका छन् । ७० पालिकाको परिणाम आउन बाँकी छ ।











