Logo
Logo

सुरज बैद्यको सल्लाह मान्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । इन्टरनेशनल इन्डिया फिल्म अवार्ड(आइफा) आयोजनाका लागि सरकारले एक अर्ब रुपैयाँ छुट्याएको बिषय विवादमा प¥यो । एक अर्ब रुपैयाँ भारतीय फिल्मको कार्यक्रमका लागि छुट्याउनुको साटो पर्यटन प्रबद्र्धनमा लगाएको भए उपलब्धीमूलक हुने थियो । यसरी आइफा अवार्डका लागि एक अर्ब ढुकुटीबाट दिने निर्णय गराई सरकारलाई बदनाम गराउने काम ब्यापारी सुरज बैद्यले गरेको खुलासा भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ब्यापारी बैद्यको सल्लाह अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा आइफा अवार्डका लागि पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले उक्त रकम छु्ट्याएका हुन् । ब्यापारी बैद्यकी श्रीमती रितु सिंह वैद्य इन्डियन मोडेल हुन् ।

भारतकी मोडलसँग दोस्रो विवाह गरेका बैद्यले त्यही कनेक्सनका कारण आइफा अवार्डका लागि राज्यकोषबाट एक अर्ब दिने निर्णय गराई प्रधानमन्त्रीलाई अनावश्यक विवादमा ल्याउने काम गरेका छन् । ब्यापारी बैद्य प्रधानमन्त्री ओलीका अति निकट भएर उनलाई विवादमा ल्याउने काम गरेका छन् । सुरज बैद्यको गलत सल्लाह मान्दा बदनाम प्रधानमन्त्री ओली भए, सरकार भयो । बालुवाटारमा आङछिरिङ शेर्पाको निधनपछि ब्यापारी सुरज बैद्यको बाक्लो उठबस हुने गरेको छ । उनले प्रधानमन्त्रीलाई यस्तै एकपछि अर्को विवादमा ल्याउने काम गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्