Logo
Logo

झलनाथको गृहनगरमा एकीकृत समाजवादी विजयी



मङ्गलबारे । इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबादुर राई (आरबी) विजयी भएका छन् । सुर्योदय पार्टीका सम्मानित नेता झलनाथ खानलको गृह नगरपालिकामा पनि हो ।

उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।

काजीमानले १० हजार ५७९ मत ल्याएका छन् । राईले १२ हजार ४३१ मत पाएका छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेको थियो । राई यसअघिसमेत यस नगरपालिकाको प्रमुखमा थिए ।

उपप्रमुख पदमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल विजयी बनेका छन् । उनी ११ हजार ८५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत ल्याएका छन् ।

भट्टराई निवर्तमान नगर उपप्रमुखसमेत छन् । १४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह हो । यस पालिकाको मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्