Logo
Logo

स्याङजामा ३ महिला वडाध्यक्ष निर्वाचित



काठमाडौं । स्याङ्जाका ९७ मध्ये ३ वडाको अध्यक्षमा महिला निर्वाचित भएका छन् ।

कालीगण्डकी गाउँपालिका–२, बिरुवा गाउँपालिका–३ र चापाकोट नगरपालिका–६ को अध्यक्षमा महिला उम्मेदवार निर्वाचित भएका हुन् ।

कालीगण्डकी–२ मा नेपाली कांग्रेसकी खगीसरा आले विजयी भइन् । उनले १ हजार ३ सय ३३ मत प्राप्त गरिन् । प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम पाण्डेले ४ सय ३१ मत मात्रै पाए ।
बिरुवा–३ को अध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी थापा विजयी भइन् । थापाले ४ सय ९५ र प्रतिस्पर्धी एमालेका सन्तबहादुर आलेले ४ सय १८ मत प्राप्त गरे ।

यसैगरी चापाकोट–६ मा कांग्रेसकी तारादेवी पोखरेल २१ मतान्तरले निर्वाचित भइन् । पोखरेलले ४ सय ३६ मत पाउँदा प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज्ञानेश्वर बस्ताकोटीले ४ सय १५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्