Logo
Logo

डोटीमा बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता, १३ जना घाइते


504
Shares

काठमाडौं । डोटीको शिखर नगरपालिका १ गेरुपानीमा बस दुर्घटना भएको छ । दुर्घटनामा एकजना बालक बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन् ।

बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘दुर्घटना आसपासका क्षेत्रमा सबै खोजी गर्दा भेटिएन,’ प्रवक्ता भट्टले भने ।

दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको भट्टले जानकारी दिए । ८ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।

बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्