
काठमाडाैं । बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएकी हुन् । अध्यक्ष शाहले निकटतम प्रतिस्पर्धी कांग्रेसका रामचन्द्र मौर्यलाई पराजित गरे ।
शाहले ५ हजार ३७ र मौर्यले ३ हजार ६ सय ८५ मत ल्याए । उपाध्यक्ष श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २ सय ७ मतान्तरले पराजित गरिन् ।
श्रीवास्तवले ३ हजार ८ सय ७९ र अतिकुनले ३ हजार ६ सय ७२ मत ल्याए














