काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । २०७४ सालमा निर्वाचित भएर पाँच वर्ष काम गरेका कांग्रेसका मेयर र एमालेका उपमेयर फेरि दोहोरिएका हुन् ।

नागार्जुनको मेयरमा कांग्रेसका मेयर उम्मेदवार मोहनबहादुर बस्नेत दोहोरिएका हुन् । उनले १० हजार १ सय ८६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार नन्दनहरी गौतमलाई पराजित गरेका हुन् । गौतमले ८ हजार ३ सय ६८ मत ल्याएका थिए ।
उपमेयरमा एमालेका सुशीला अधिकारी दोहोरिएका छन् । उनले ९ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका कृष्णहरि खत्रीले २ हजार ७ सय ५३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।











