Logo
Logo

धरानमा हर्कराजलाई २६ सय ६७ मतको अग्रता


1.8k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५ हजार मत ल्याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार मध्यान्ह १२ बजेसम्म ४७ हजार ९५ मतगणना भएको छ । अहिले वडा नम्बर १५ र १६ को गणना जारी छ । १७ को गणना बाँकी नै छ ।

हर्कले १५ हजार ७७ मत प्राप्त गरिसकेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईभन्दा २६६७ मतले उनले अग्रता बनाएका छन् ।

राईले १२ हजार ४१० मत ल्याएका छन् । तेस्रो नम्बरमा रहेकी एमाले उम्मेदवार मञ्जु भण्डारीले १० हजार ११२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १४ हजार ९७९ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमाले उम्मेदवार पदम इस्वोले १३ हजार ७२६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्