Logo
Logo

जीवनको विद्रोह र बन्दनाको १ मतको जित


7.6k
Shares

कृष्णकुमारी कडरिया (बन्दना) र जीवन ताम्लिङ

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय चुनावका लागि ताप्लेजुङमा पालिका भागबन्डा गर्दा माओवादी केन्द्र सिरिङ्वा इन्चार्ज जीवन ताम्लिङ असन्तुष्ट भए ।

आफ्नो पालिकामा एमालेसँग गठबन्धन गर्नुपर्ने उनको माग थियो । जीवनले एमालेसँग मिल्ने र आफू उपाध्यक्ष लड्ने अडान नछाडेनन् । बरु पार्टीनै छाड्ने अडान लिए । त्यसपछि माओेवादी केन्द्रले जिल्ला सचिवालय सदस्य कृष्णकुमारी कडरिया (बन्दना) लाई उपाध्यक्षको टिकट दियो ।
जीवनले एमालेसँग मिलेर उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए । जीवन पार्टीको कारवाहीमा परे । अघिल्लो दिनसम्म एउटै पार्टीका सहयोद्धा एकअर्का विरुद्ध चुनावमा होमिए । अन्त्यमा बाजी मारिन्, बन्दनाले । जीवन १ मतले पराजित भए । बन्दनाले २ हजार ३ सय ७६ र जीवनले २ हजार ३ सय ७५ मत पाए ।
३ नं वडा आङखोपकी बन्दना २०५६ सालपछि जनयुद्धमा होमिएकी थिइन् । त्यसयता पार्टीको हरेक गतिविधिमा सक्रिय छिन् । उनी सालीन र इमान्दर छवी भएका कारण परिचित छिन् । उनलाई माओवादीले २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनाएको थियो ।
२०७४ सालको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा दाबेदारी प्रस्तुत गरिन् । तर, माओवादीले कांग्रेससँग मिलेर चुनाव लड्यो । माओवादीको भागमा उपाध्यक्ष पर्यो। बन्दना उपाध्यक्षमा भएपनि लड्ने भइन् । त्यहाँ पनि उनै जीवन बाधक बने ।
जीवनले टिकट पाए ।

निर्वाचित पनि भए । र पनि बन्दना पार्टीमा निरन्तर सक्रिय भइरहिन् । यसपटक भने जीवनकै कारण उनले टिकट पाइन् । उनैलाई १ मतले पराजित गरिन् ।

प्रतिक्रिया दिनुहोस्