बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका संघीय समाजवादी (हाल जसपा)ले गुमाएको छ । अघिल्लो चुनावमा संघीय समाजवादी पार्टीले याे गाउँपालिकामा यस पटक अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा सुरेन्द्र पौडेल ५६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बसि उल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी भएका छन् । जैसवालले ४७५७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४६५१ मत प्राप्त गरिन् ।
गाउँपालिकाको वडाध्यक्षमा १ मा एमालेका प्रदिपकुमार चौधरी, २ मा जनमत पार्टीका सराजुद्वीन धुनिया, ३ मा स्वतन्त्र उम्मेदवार राम अजोर यादव, ४ मा कांग्रेसका सुरेन्द्र सिंह कुर्मी, ५ मा कांग्रेसकै विजय कुमार शर्मा, ६ मा कांग्रेसका राजकुमार लोध, ७ मा जनमत पार्टीका लालबहादुर केवट, ८ मा एमालेका भुवनबहादुर राना मगर र ९ मा एमालेकै मीना क्षेत्री विजयी भएका छन् ।











