
काठमाडौं । इटहरी उपमहानगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ ।
आफ्नो गढ मान्दै आएको इटहरीमा एमाले पराजित भएको हो । आइतबानर बिहान सार्वजनिक अन्तिम परिणामअनुसार एमालेका यामकुमार चुङवाङलाई हराउँदै नेपाली कांग्रेसका हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएका हुन् ।
हेमकर्ण यामकुमारलाई ५ हजार १८ मतान्तरले पराजित गरे । उनले ३३ हजार ४९ मत ल्याए । याकुमारले २८ हजार ३१ मत पाए ।
उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ हजार ३१ मत पाए ।














