
काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैबाट हावाहुरी र मेघगर्जनसहित वर्षा भइरहेकाे छ ।
काठमाडौंको अधिकांश क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महासाखाले जनाएको । यसैबिच आइतबार देशका विभिन्न भागमा हावाहुरी र चट्याङ्सहित वर्षाको सम्भावना छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङ्, हावाहुरीसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।














