Logo
Logo

लोसपाको गढ जलेश्वरमा जसपा विजयी


1.1k
Shares

काठमाडौं । महोत्तरीको सदरकमुकाम जलेश्वर नगरपालिकामा जसपा विजयी भएको छ । जसपाका सुरेश साह सोनार मेयरमा विजयी भएका हुन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोसपाका तर्फबाट निवर्तमान मेयर रामाशंकर मिश्रालाई १८७६ मत अन्तरले हराउँदै विजयी भएका हुन् ।

साहले ७३०६ मत ल्याएर जित हासिल गरे भने निकटतम प्रतिद्वन्द्वी मिश्रा ५४३० मत प्राप्त गरे ।

यस्तै उपमेयरमा जसपाकै रौशन खातुन विजयी भएकी छन् । उनले ५८२३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्चुदेवी ४९०१ मत प्राप्त गरिन् ।

जलेश्वर नगरपालिका लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित महोत्तरीको प्रतिनिधिसभा ३ नम्बर क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्