
काठमाडौं । पोखरा महानगरपालिकामा मेयर उम्मेदवार धनराज आचार्य ३२६० मतले अग्रता लिइरहेका छन् । आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मत अन्तरले पछि पारेका हुन् ।
हालसम्म एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको पनि अग्रता कायम छ ।
त्यस्तै, प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २ हजार ६१३ मत पाएका छन् ।
उपमेयर उम्मेदवार एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाएकी छन् ।
मञ्जुको ४२ हजार ३१६ र कोपिलाको ४० हजार ७०४ मत छ । राप्रपाका रञ्जना कुमारी सेन पौडेलको पक्षमा ४ हजार ५०९ मत परेको छ ।











