
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहले सुरुवातीदेखि नै अग्रता कायम गरेका छन् ।
आइतबार विहान ११ बजेसम्मको गणनामा मनोजले ९७७४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले ७६०४ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) उम्मेदवार मनोज चौधरीले भने ३९५८ मत ल्याएका छन् ।
सतारुढ गठबन्धनबाट जनता समाजवादी (जसपा) का उम्मेदवार लालकिशोर साहले हालसम्म ३३६१ मत ल्याएका छन् । उपमेयरमा भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोरी साहले १०९९५ मत ल्याएकी छन् । त्यसैगरी एमालेका रूना झाले ८६६१ र लोसपाकी रिता झाले ४०९३ ल्याएकी छन् । मतगण्ना अहिल जारी छ ।











