Logo
Logo

लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् अवरुद्ध


504
Shares

काठमाडाैं । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएको छ ।

जसका कारण कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

अहिले ढलेका रुख हटाएर प्रशारण लाइन मर्मत भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ ।

गएरातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ । लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रशारण लाइन आउने गर्दछ ।

विद्युत्काे समस्याले काममा बाधा पुगेको सेवाग्रही बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्