Logo
Logo

रेनुको अग्रता बढ्याबढ्यै, विजय झण्डै ८ हजार मतले पछि


29.4k
Shares

चितवन । निरन्तर अग्रता दिँदै आएका भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले अग्रता मत अझै बढाएका छन् ।

स्थानीय तह निर्वाचन अत्तर्गत चिनवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार रेनुले अग्रता मत झनै बढाएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार रेनुले ३६ हजार ५३० पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले २८ हजार ६२३ मत पाएका छन् ।

विजयले पाएको मतभन्दा रेनुले पाएको मत ७ हजार ९०७ बढि हो ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले पनि अग्रता झनै बढाएका छन् ।

कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३८ हजार ६५५ मत पाएका छन भने राप्रपाका उम्मेदवार हिमला गुरुङले २२ हजार ३०२ मत पाएका छन् ।

गुरुङले पाएको भन्दा अधिकारीले पाएको मत १६ हजार ५३ बढि हो ।

प्रतिक्रिया दिनुहोस्