Logo
Logo

तीन युवतीद्वारा मनोज पाण्डेविरुद्ध बलात्कारको आरोप



काठमाडौं । प्रहरी हिरासतमा रहेका सौन्दर्य प्रतियोगिता आयोजक मनोज पाण्डेविरुद्ध एक युवतीले बलात्कार गरेको आरोप लगाएका छन् भने दुई युवतीले ‘बलात्कार प्रयास’को आरोप लगाएका छन् ।

२०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक सौन्दर्य प्रतियोगीता आयोजना गरेका मनोजले प्रतियोगीतामा सहभागीलाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारमा परेका युवतीले सामाजिक संजालबाट मनोजले बलात्कार गरेको आरोप लगाएपछि मनाेज सनिबार पक्राउ परेका थिए ।

प्रहरी हिरासतमा रहेका पाण्डेविरुद्ध बलात्कारसम्बन्धी थप दुई आरोप लागेको छ । आइतबार दुई युवतीले मनाेजले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

दुई युवतीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि मनोजबाट पीडित भएको बताएका छन् ।

अपराध अनुसन्धान कार्यालयका अनुसार सम्पर्कमा आएका दुईजना पीडितले मनोजले ‘बलात्कार प्रयास’ गरेको दावी गरेका हुन् ।

बुधबार साँझ बलात्कारमा परेका युवतीले भिडियो सार्वजनिक गरेपछि कारवाहीको माग गदै दैनिकजसो प्रदर्शन भइरहेको छ । यसैक्रममा मनोजलाई प्रहरीले सनिबार पक्राउ गरेको थियो ।

बलात्कार आरोपबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्