Logo
Logo

भरतपुरमा रेनुलाई ९,८३४ मतको अग्रता



काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको मेयरका साझा उम्मेदवार माओवादी केन्द्रका रेनु दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी छन् ।

पछिल्लो मत परिणामअनुसार एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३,४०३ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,२९० मत प्राप्त गरेका छन् । त्यस्तै, काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४४,६४७ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार हिमला गुरुङले ४४,६४७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्