Logo
Logo

काभ्रेका ७ पालिकामा कांग्रेस, ४ मा माओवादी



काठमाडौं । काभ्रेका १३ पालिकामध्ये ७ मा कांग्रेस र ४ मा माओवादी केन्द्र विजयी भएका छन् । एमाले र एकीकृत समाजवादीले १/१ पालिका जितेका छन् ।
यसैबीच पछिल्लो पटक परिणम सार्वजनिक भएको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा एमालेका सूर्यमाया दनुवार विजयी भएका छन् ।
खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई फराकिलो अन्तरले पराजित गरे । खरेलले १२ हजार ८ सय ३६मत र अधिकारीले ८ हजार १ सय १५ मत पाए ।

त्यस्तै उपप्रमुख दनुवार ९ हजार ५ सय ३४ र माओवादी केन्द्रका चेतप्रसाद गौतमले ९ हजार १० मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्