Logo
Logo

वीरगञ्जमा गठबन्धन १६ हजार मतले अगाडि



काठमाडौैं । वीरगञ्ज महानगरपालिका प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मत पाएका छन् । सिंहका प्रतिस्पर्धी नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार बिजय सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ४७४ मत प्राप्त गरेका छन् ।

महानगर प्रमुखमा एमाले उम्मेदवार सरावगी भन्दा १५ हजार ८९५ मतले सिंह अगाडी छन् । यस्तै , उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार ५५९ मत मात्रै प्राप्त गरेका छन् । उपप्रमुखमा लोसपाका झा भन्दा १७ हजार २६० मतले गठबन्धनका उम्मेदवार आलम अगाडी छन् ।

अव ३ वटा वडा मात्रै मतगणना बाँकी रहेकोले आलमको जित निश्चित जस्तै भइसकेको छ । आलम र झा पछि उपप्रमुखका स्वतन्त्र उम्मेदवार रम्भा झाले ३ हजार १६८ र राप्रपाकी उम्मेदवार बिना जैसवालले ४ हजार ३०९ मत प्राप्त गरेकी छन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा अव ३ वटा वडा मात्रै गणना बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्