Logo
Logo

रेनुलाई १०३१४ मतको अग्रता


3.8k
Shares

काठमाडौं । भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले १० हजार ३ सय १४ मतको अग्रता लिएकी छन् ।

महानगरको १ लाख ११ हजार २ सय ७३ मतगणना हुँदा रेनुले ४४ हजार ७ सय १० पाएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ३४ हजार ३ सय ९६ मत पाएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ८ सय ४० र राप्रपाका हिमला गुरुङले २७ हजार १ सय ८१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्