रौतहट । रौतहटको बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद प्रसाद पटेल र उपमेयरमा संगीतदेवी रमा निर्वाचित भएका हुन् ।

विनोदले नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवलाई एक हजार ४३४ मतान्तरले पराजित गरे । उनले ६ हजार ११२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी यादवले चार हजार ६७८ मत पाएका छन् ।
यसैगरी उपमेयरमा एकीकृत समाजवादीका रामाले कुल ५ हजार ८२५ मत प्राप्त ल्याए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सैवुन खातुनले ५ हजार ९ मत पाए ।














