Logo
Logo

पद्मरत्नको योगदान


श्याम रिमाल


श्याम रिमाल

नेपालको वामप्रजातान्त्रिक आन्दोलनका हस्ती पद्मरत्न तुलाधरका बारेमा धेरै कुरा आइसके छन् जस्तो लाग्छ । प्रजातन्त्र, मानवाधिकार, भाषा, संवत्, जातीय अधिकारका लागि उनले गरेको सङ्घर्ष तथा उनको पत्रकार र साहित्यकार व्यक्तित्वबारे पनि धेरथोर मानिसहरुले बुझेका छन् ।

तुलाधरले ठूलो रोगका लागि विदेशमा जानु नपर्ने व्यवस्था मिलाइयो । निजीकरण गरिएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा शहीद गङ्गालाल हृदयरोग केन्द्रलाई दिलाइयो । जुन अहिले मुटुरोगीहरुका लागि वरदान सावित भएको छ । जसबाट मुटुरोगका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य गरेको छ । त्यस्तै मानव अङ्ग प्रत्यारोपणको पहिलो मस्यौदा पनि तत्कालीन मन्त्री तुलाधरकै पालामा भएको रहेछ ।

उनको मन्त्री व्यक्तित्वबारे भने त्यति उजागर नभएको जस्तो लाग्छ । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा श्रम तथा स्वास्थ्यमन्त्री भएका तुलाधर बिहान ८ बजेसम्म मन्त्रालय पुगिसक्ने कुरा उहाँका सल्लाहकार डा भरत प्रधानले उजागर गरेका छन् । (कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारका पालामा नागरिक समाजबाट मन्त्री भएका पूर्वअर्थसचिव देवेन्द्रराज पाण्डे मन्त्रालय १० बजे नै पुग्थे ) औषधिको मूल्य निर्धारण भयो, मूल्य घटाइयो भने औषधि व्यवसायमा ६०–१२० सम्म कमिशन लिने कुरा घटाइयो । तुलाधरले ठूलो रोगका लागि विदेशमा जानु नपर्ने व्यवस्था मिलाइयो । निजीकरण गरिएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा शहीद गङ्गालाल हृदयरोग केन्द्रलाई दिलाइयो । जुन अहिले मुटुरोगीहरुका लागि वरदान सावित भएको छ । जसबाट मुटुरोगका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य गरेको छ । त्यस्तै मानव अङ्ग प्रत्यारोपणको पहिलो मस्यौदा पनि तत्कालीन मन्त्री तुलाधरकै पालामा भएको रहेछ । तुलाधर उमेर वा समय पुगेका चिकित्सकहरुलाई तुरुन्त अवकाश दिन नहुने सोचाइ राख्थे । विकटमा काम गर्नेलाई सुविधा दिनुपर्छ भन्थे । केन्द्रबाट आवश्यक शल्यक्रियासहितका ठूला शिविर प्युठान, म्याग्दी र ताप्लेजुङमा चलाइएको थियो । जसमा प्रतिशिविर रु १६ –१७ लाख खर्च भयो । चिकित्सकहरुले दुर्गम जिल्लामा गएर अनिवार्य काम गर्नुपर्ने पद्धति पनि चलाए ।

मन्त्री क्वार्टरमा बस्दा पाहुनाहरुलाई खुवाउँदा पियाउँदा निकै खर्च भएको आश्चर्यको कुरा पनि सुम्निामाले लेखेकी छन् । आफ्नो तलब भत्ता त उनले विभिन्न गाविसहरुलाई पठाई छोराको कमाइबाट पो जीवन धानेका रहेछन् । मन्त्री हुँदा शायद बारामा भएको एक कार्यक्रममा शायद धर्म र जातीय अधिकारका कुरा बोल्दाको एक प्रसङ्गमा उनले “कुनै समुदायले गाई काट्न पाउनुपर्छ भन्ने माग गरे के गर्ने” भनेर गरेको प्रश्नलाई बङ्ग्याएर “पद्मरत्नले गाई काट्न पाउनुपर्छ भनी बोले” भन्दै हल्ला फिँजाइयो । त्यतिबेलो कम्युनिष्ट सरकार बचाउन निकै गाह्रो भइसकेको थियो ।

जातीय, भाषिक सबै अधिकार प्राप्तिको लडाइँमा महिलाहरुलाई अघि बढाउन चाहने तुलाधरको अन्त्येष्टिका बेला विदूषी चुन्द वज्राचार्यले उनको चिना जलाउन नदिएर अभिलेखको संरक्षण गरेकी छन् । कृतिमा भाषिक गल्ती त कति छन् कति, तथ्यगत गल्ती पनि निकै छन् । तुलाधर मन्त्री हुनुपर्नेमा उनकै छोरी सुम्निाले नै राज्यमन्त्री लेखेकी छन् । प्रधानमन्त्री अधिकारीले सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हालेको जनाएकी छन् । जुन गलत हो बरु सुवास नेम्बाङले सम्हालेका थिए । एक ठाउँमा पुष्पलालको निधन २०३७ लेखिएको छ, हुनुपर्ने २०३५ हो । तुलाधर जनपक्षीय उम्मेदवार बनेको साल २०४३ हुनुपर्नेमा २०४२ भएको छ । विसं २०१५ को आमनिर्वाचन हुनुपर्नेमा २००५ चाहिँ मुद्राराक्षसको गल्ती होला । संयुक्त जनमोर्चा नेपालले देउवा सरकारसँग राखेको माग ४० बुँदेका ठाउँमा ४८ कसरी भयो होला ? संवत् कतै विसं त कतै सन् हुनु पनि अमिल्दो देखिन्छ । पुस्तकमा विषयलाई मिलाएर राखिएको छ्रैन । पुस्तक आफैँले लेखेको भनी भनिए पनि धेरै लेखहरु अन्य लेखक र राजनीतिकर्मीहरुले लेखेको बोलेको कुरालाई जस्ताको तस्तै राखिएको छ । कृतिलाई सम्पादित कृति भन्नुपर्ने हो । तर, त्यसो भनिएको छैन । व्याकरण भरमार नमिलेको कृतिलाई पनि कृति नै भन्नुपर्दा चाहिँ दिक्क लाग्छ । परतुबारे अध्ययनअनुसन्धान गर्न चाहनेका लागि पुस्तक उपयोगी छ । समाज वा देशका दिवङ्गत व्यक्तित्वहरुलाई जसरी भए पनि बाहिर ल्याउन मेहनत गर्नेहरुको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्