Logo
Logo

फेरि बढ्यो वायु प्रदूषण, काठमाडौं विश्वकै प्रदुषित सहर



काठमाडौं । काठमाडौंमा फेरि वायु प्रदूषण बढेको छ । साता दिनअघि मात्र काठमाडौंको वायुमा केही सुधार भएको थियो । तर, अहिले फेरि काठमाडौं उपत्यकामा वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८५ रहेको छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्लीमा प्रदूषणको तह १७५ रहेको छ । काठमाडौँ उपत्यकामा ठूलो वर्षा हालसम्म नभएका कारण प्रदूषणको तह घट्न नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै केही दिन ठूलो वर्षा हुने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्