Logo
Logo

काठमाडौंमा पुनः मतगणना गर्न उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठको माग


19.4k
Shares

काठमाडौं । काठमाडौं महानगरको उपमेयर पदको दोहोर्‍याएर मतगणना गर्न माग गर्दै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

महानगरमा उपमेयरका उम्मेदवार श्रेष्ठले उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न माग गर्दै निवेदन दिएका हुन् ।

निवदेनमा भनिएको छ,- मतगणनाको सन्दर्भमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५१(१)(ङ) को उल्लंघन गरी मतगणना गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५१(१)(ङ) बमोजिम ‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरिएको मतपत्र’लाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसङ्केत भएपनि म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई समेत वदरगरी गणना गरेको र यसबाट मतपरिणाममा असर परी, उप-बिजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ।’

‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनशाय अनुसार हुनेगरी प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई सदरमानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहोर्याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ । झुट्ठा ठहरे कानुन बमोजिम सहुला, बुझाउँला,’ निवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्