Logo
Logo

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


2.6k
Shares

फाइल फोटो ।

काठमाडौं । सरकारले मंगलबार २०७९/८० काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउछ ।
नेपालको संविधानमा जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ । जेठ ३ गते सुरु भएको संसद्को बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ ।

सो छलफलपछि राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्