Logo
Logo

मनसुनमा बाढीपहिरोबाट १७ लाख बढी प्रभावित हुने


630
Shares

फाइल फोटो ।

काठमाडौं । सरकारले आउँदो मनसुनमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ ।

सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ ले यस्तो देखाएको हो । गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित क्षति र प्रभावलाई कम गर्नेगरी तयारी गरेको छ ।

यस पटक पहाड र हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । सोहीअनुसार तराई भेगमा रहेको अत्यधिक जनसङ्ख्या बाढी र डुबानको चपेटामा पर्ने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए ।

स्थानीय निर्वाचन र अन्य कार्यालय कामको व्यस्तताका कारण समितिको बैठक बस्न सकेको छैन । आजको गोरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्