Logo
Logo

भरतपुरको मेयरमा रेनु दाहाल दोस्रोपटक निर्वाचित


4.3k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेनु दाहाल विजय भएकी छन् । नेकपा एमालेका विजय सुबेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन् ।

केहिबेर अघि सकिएको मतगणना परिणाम अनुसार रेनुले ५२ हजार ३० मत ल्याएकी छन् । विजयले ३९ हजार ५ सय ८१ मत पाए ।

भरतपुर महानगरको निवर्तमान प्रमुख रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन् भने बिजय एमाले राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए । २०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतले हराएकी थिइन् ।

दोस्रोपटकमा भने रेनुले १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भएकी हुन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाए ।

यस्तै उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी बिजयी भएका छन् । अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरे । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्