Logo
Logo

वीरगन्जको मेयरमा गठबन्धनका राजेशमान निर्वाचित


819
Shares

काठमाडौं । मधेसको एक मात्र महानगर वीरगन्जको मेयरमा जनता समाजवादीका राजेशमान सिंह विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । राजेशमानले ४६ हजार २ सय १५ र सरावगीले २३ हजार १ सय ७१ मत पाएका छन् ।

२०७४ को निर्वाचनमा राजेशमानले १२ हजार १ सय ६५ मत पाएर पराजित भएका थिए । उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् । उनी पनि गठबन्धनकै साझा उम्मेदवार हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्