
काठमाडौं । त्रियुगा नगरपालिकाको मतगणना मंगलबारबाटै सुरु हुने भएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलले १२ नं वडामा पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेको हो ।
‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले भने, ‘त्यसको तयारी गर्दैछौं ।’ त्रियुगा–१२ मा विवाद भएसँगै मतगणना स्थगित भएको थियो ।
नेकपा एमाले र नेपाली कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।











