
काठमाडौ । काठमाडौं महानगरपालिकाकाे मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिर्जना सिंहले ३० हजार ७ सय ७६ मत ल्याएकी छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन् ।











