Logo
Logo

सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ



काठमाडौं । काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दशन अधिकारी पक्राउ परेका छन् । सेन्ट लरेन्स कलेजका शिक्षक र कर्मचारीलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको हो ।

अधिकारीले कक्षा ११ का छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी गरेका थिए ।

पीडित विद्यार्थीले आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको आरोप लगाएका छन् ।

विद्यार्थीहरुले दोषीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयअघि प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्