Logo
Logo

पोखराको मतगणना स्थगित



काठमाडौं । पोखरा महानगरका वडा नम्बर १८ मा पुनः मत गणना माग गर्दै नेकपा एमालेका प्रतिनिधि बस्न नमानेपछि मत गणना स्थगित भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतका अनुसार पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर प्रतिनिधि बस्न नमानेपछि अहिलो रोकिएको हो ।

पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भएपछि नेकपा एमालेले पुनः मत गणना माग गर्दै निवेदन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्