Logo
Logo

ताप्लेजुङ खोक्लिङ घटनाको छानबिन गर्ने गृहमन्त्री खाँणकाे प्रतिबद्धता



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङ मिक्वाखोला–२ का विमल कार्कीको मृत्यु भएको विषयमा छानबिन गर्ने बताएका छन् ।

कार्की वैशाख २८ गते राति खोक्लिङको दुङ्जा भीरमा मृत भेटिएका थिए । एमाले नेता एवं ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वको प्रतिनिधि मण्डलसँग मंगलबार गृह मन्त्रालयमा कुराकानी गर्दै गृहमन्त्री खाँणले घटनामा दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए ।
‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो ताप्लेजुङको यो घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाँणले भने । प्रतिनिधिसभा सदस्य भट्टराईले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाँणलाई लिखित पत्र पनि बुझाएका थिए ।

दोभान बजारबाट घर फर्कने क्रममा वेपत्ता भएका कार्कीको शव स्थानीयले फेला पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्