Logo
Logo

सेकेन्ड पनि खेर नफलिकन काम गर्छुः रेनु दाहाल



काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले एक सेकेन्ड पनि खेर नफालि काम गर्ने बताएकी छन् ।

परिणाम सार्वजनिक भएपछि पत्रकारसँग उनले भरतपुरमा आफ्नो अन्तिम कार्यकाल हुनेसमेत बनाइन् । ‘स्थानीय सरकार प्रमुखका रुपमा मेरो यो अन्तिम कार्यकाल हुनेछ, ‘त्यसैले अन्तिम अवसरलाई समुदयोग गरेर दिलो ज्यानले काम गर्नेछु ।’

उनले आफूले ३ देखि ७ हजार मत अन्तरले जित्ने अनुमान गरे पनि भरतपुरवासीले विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले जिताएको बताइन् । आगामी पाँच वर्षमा भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम गर्ने मेयर दाहालले बताइन् ।

शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित हुने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्