काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई बलियो बनाएको बताएका छन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निस्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण स्वाच्छ र भयरहित वातावरणमा सम्पन्न यस निर्वाचनले जरैदेखि बलियोे बनाएको छ ।’











