Logo
Logo

‘नेपाली उद्योग नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार’


693
Shares

काठमाडौं । सरकारले औद्योगिक वृद्धि अभियान दशक सुरु गर्ने भएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ‘नेपाली उद्योग, नेपालमै रोजगार आफ्नो उत्पादन आफ्नै व्यापार’ भन्ने नाराका साथ औद्योगिक वृद्धि अभियान दशक सुरु गर्ने बताए ।

त्यस्तै सिपमुलक रोजगारी वृद्धि, स्वादेशी उत्पादनको बजर विस्तिार गर्न सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।‘सिपमुलक रोजगारी वृद्धि, स्वादेशी उत्पादनको बजर विस्तार, उत्पादन तथा उपभोगको वृद्धि, नेपालपी उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग वृद्धि अभियान दशक प्ररम्भ गरिने छ ।’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

उनका अनुसार अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चलान गरिनेछ भने त्यस्तो कार्यक्रमअन्तर्गत कर तथा भन्सार महसुल छुट र निर्यात अनुदानमार्फत प्रवर्द्धन गरिनेछ ।

उनले सरकारले ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाको उपयोगद्वारा हरित अर्थतन्त्रको विकास गर्ने गरी औद्योगिक प्रवर्द्धनको नीति लिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्