काठमाडौं । सरकारले प्राविधिक तथा व्यवसायीक विषयको पठनपाठनलाई प्राथमिकता दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा जानकारी दिएका हुन् ।
‘कक्षा ९ देखि स्नातक तहसम्मका पाठ्यक्रममा परिमार्जन गरी प्राविधिक तथा व्यवसायिक विषयलाई समावेश गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्राविधिक शिक्षालय सबै स्थानीय तहमा विस्तार गरिने सरकारको तयारी छ । साथै विद्यालयहरूमा खेलकूद क्लव गठन गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।











